Contact Us

ब्यवस्थापन

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड निर्जीवन बीमा क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल संस्था हो, जसलाई हवाई, बैंकिङ्ग, उत्पादन, उद्योग, पर्यटन उद्योग, मिडिया हाउस जस्ता क्षेत्रमा संलग्न युवा व्यवसायिक समूहहरूद्वारा प्रवर्द्धन गरिएको छ।
श्री दिप प्रकाश पाण्डे, प्रमुख कार्यकारी अधिकृत

नेपालको बीमा क्षेत्रमा दुई दशक कार्य गरेको अनुभव हासिल गर्नु भएका श्री दिप प्रकाश पाण्डे शिखर इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ।शिखर इन्स्योरेन्स कम्पनी भन्दा अगाडि उहाँले करिब दश वर्ष एभरेष्ट इन्स्योरेन्स कम्पनीमा महाप्रबन्धकको पदमा कार्य गर्नुभएको थियो। व्यवसायिक क्षमता र दूरदर्शीताको साथै समूहमा काम गर्ने अटुट विश्वासको कारणबाट उहाँले देश भित्र तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत राम्रो अनुभव हासिल गर्नु भएको छ। बीमा समिति तथा अन्य संस्थाहरूले आयोजना गरेका गोष्ठी तथा सेमिनारहरूमा उहाँले थुप्रै पटक बीमा सम्बन्धी विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको छ। उहाँले भारत तथा बेलायतमा बीमा सम्बन्धी तालिमहरू पनि लिनुभएको छ‍।

फोन: 4246101
इमेल: dip@shikharinsurance.com
श्री बिमल राज नेपाल, महाप्रबन्धक (दावी बिभाग)

श्री बिमल राज नेपालले २०२७ साल आषाढमा राष्ट्रिय बीमा संस्थानबाट बीमा क्षेत्रमा प्रवेश गर्नुभयो र त्यहाँ २०५२ साल सम्म कार्यरत हुनुभयो। तत्पश्चात उहाँले बीमा क्षेत्रमा आफ्नो कार्यकाललाई निरन्तरता दिंदै प्रिमियर इन्स्योरेन्स कम्पनीमा प्रवेश गर्नुभयो र २०६८ श्रावण देखि शिखर इन्स्योरेन्स कम्पनीमा कार्यरत हुनुहुन्छ। उहाँले पुनर्बीमा तथा दावीमा विशेष दक्षता हसिल गर्नुभएको छ। श्री नेपालले कलेज अफ इन्स्योरेन्स, भारत तथा युके एण्ड स्विस इन्स्योरेन्स ट्रेनिङ्ग सेण्टर, ज्युरिक, स्विट्जरल्याण्डबाट तालिम लिनुका साथै भारत तथा संयुक्त अधिराज्य स्थित विभिन्न विख्यात कम्पनी / पुनर्बीमक तथा पुनर्बीमा दलाल संग आवद्ध भई काम गरिसक्नु भएको छ। उहाँले भारत, बङ्गलादेश, सिङ्गापुर, थाइल्याण्ड तथा इजिप्ट लगायतका देशहरूमा आयोजित विभिन्न सेमिनारहरूमा भाग लिनुभएको छ।

फोन: 4246101
इमेल: bimal@shikharinsurance.com
श्रीमती सबिता मास्के , महाप्रबन्धक-अन्डरराइटिंग

श्रीमती सविता मास्केको बीमा क्षेत्रमा लामो समय देखिको अनुभव छ। उहाँले राष्ट्रिय बीमा संस्थानमा दुई दशक भन्दा बढी कार्य गर्नुभयो। बीमा क्षेत्रमा लामो समयसम्म कार्यरत हुनाले उहाँले बीमा व्यवसाय सम्बन्धि व्यवहारिक ज्ञान अधिक मात्रमा हसिल गर्नुभएको छ। उहाँ नेपालको पहिलो महिला एसीआईआई चार्टर्ड इन्सुरर् हुनुहुन्छ।राष्ट्रिय बीमा संस्थानको कार्यकालमा उहाँले विभिन्न विभागहरू सम्हाल्नुभएको थियो, जस्तै मोटर बीमा मा ५ वर्ष, अग्नि बीमामा १२ वर्ष, व्यवस्थापनमा २ वर्ष। उहाँ बीमा समिति, म्यानेजमेण्ट एसोशिएसन अफ नेपाल, स्टाफ कलेज आदिमा बीमा सम्बन्धी तालिम दिनुहुन्छ।

उहाँ अण्डरराइटिङ विभाग प्रमुख हुनुहुन्छ।

फोन: 4246101
इमेल: sabita@shikharinsurance.com
श्री पुष्कर महत, महाप्रबन्धक(बजार व्यवस्थापन)

यस कम्पनीका वरिष्ठ बजार सल्लाहकार श्री पुष्कर महतको बीमा क्षेत्रमा तीन दशकको अनुभव रहेको छ। यस कम्पनीमा काम गर्नु भन्दा अगाडि वहाँ ओरिएण्टल र नेको इन्स्योरेन्स कम्पनीमा नायब महाप्रबन्धकको रूपमाकाम गरिसक्नु भएको छ। यसका साथै वहाँ मकवानपुर बहुमुखी क्याम्पस हेटौंडामा सह-प्राध्यापक, नेशनल एकेडेमी कलेज विरगञ्जको सह-प्राध्यापकका साथै अध्यक्ष पनि हुनुहुन्छ, नारायणी कलेज हेटौंडामा अध्यक्ष र हेटौंडा नगरपालिकामा सल्लाहकार समितिको सदस्यको रूपमा काम गरिरहनु भएको छ। हाल रोटरी क्लब हेटौंडाको सदस्य तथा पूर्व अध्यक्ष, हेटौंडा नगरपालिकाको पदपुर्ति समितिमा १४ वर्ष देखि अध्यक्ष तथा नारायणी यातायात व्यवसायी संघमा २४ वर्ष देखि सल्लाहकारको रूपमा आवद्ध हुनुहुन्छ।

फोन: 4246101
इमेल: puskar@shikharinsurance.com
श्री उदित प्रसाद काफ्ले , नायव महाप्रवन्धक

यस कम्पनीका सहायक महा-प्रबन्धक श्री उदित प्रसाद काफ्लेले नेपालको बीमा क्षेत्रमा १८ वर्ष कार्य गरेको अनुभव छ र शिखर इन्स्योरेन्स कम्पनीको स्थापना गर्ने व्यक्तिहरू मध्ये हुनुहुन्छ। शिखर इन्स्योरेन्स कम्पनीभन्दा अगाडि उहाँले ८ वर्षभन्दा बढी एभरेष्ट इन्स्योरेन्स कम्पनीमा कार्य गर्नु भएको थियो। उहाँले अण्डरराइटिङ्ग, पुनर्बीमा, दावी तथा अनुसन्धानको क्षेत्रमा राम्रो दक्षता हासिल गर्नुभएको छ। उहाँले नेपाल तथा भारतमा बीमा सम्बन्धी तालिम तथा सेमिनारहरूमा भाग लिनु भएको छ। बीमा समिति तथा अन्य संस्थाहरूले आयोजना गरेका गोष्ठी तथा सेमिनारहरूमा उहाँ तालिम दिनुहुन्छ। साथै उहाँ कम्पनी भित्र कर्मचारीहरू तथा बीमा अभिकर्ताको तालिम पनि सञ्चालन गर्नुहुन्छ। जोखिमाङ्कन अण्डरराइटिङ्गको जानकारीको कारणबाट बजार शाखालाई बीमाको प्राविधिक पक्षमा सहयोग गर्नुहुन्छ।

उहाँ पुनर्बीमा विभाग प्रमुख हुनुहुन्छ।

फोन: 4246101
इमेल: udit@shikharinsurance.com
श्रीमती बरिष्मा आचार्य (साउद), नायव महाप्रवन्धक

श्रीमती बरिष्मा आचार्य (साउद) शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको स्थापना गर्ने व्यक्तिहरू मध्ये एक हुनुहुन्छ। उहाँले बीमा क्षेत्रमा प्रवेश सन् २०००मा एभरेष्ट इन्स्योरेन्स कम्पनीमा सहायक प्रबन्धकको पदमा कार्य गरी गर्नुभयो र त्यहाँ तीन वर्ष सम्म काम गर्नुभयो। उहाँले बीमाका विविध विधाहरू  जस्तै बजार व्यवस्थापन, मेडिया प्लानिङ्ग, हवाई बीमा तथा दावीमा विशेष दक्षता हासिल गर्नुभएको छ। उहाँले काठमाण्डौ विश्व विद्यालयबाट ब्यापार व्यवस्थापनमा स्नातकोत्तर तह उतिर्ण गर्नका साथै सन् २००१मा मार्श लिमिटेड, संयुक्त अधिराज्यमा हवाई बीमा तथा सन् २००९मा जी आई सी, मुम्बईमा पुनर्बीमा सम्बन्धी तालिममा भाग लिनु भएको छ।

फोन: 4246101
इमेल: barishma@shikharinsurance.com
श्री प्रज्वल आचार्य, नायव महाप्रवन्धक

फोन: 9801120216
इमेल: projwal@shikharinsurance.com
श्री सुरज राजबाहक, वरिष्ठ प्रबन्धक / कम्पनी सचिव

श्री सुरज राजबाहक इन्स्टिच्युट अफ चार्टर्ड एकाउण्टेण्टस अफ नेपाल बाट मान्यता प्राप्त एक कुशल चार्टर्ड एकाउण्टेण्ट हुनुहुन्छ। उहाँले आई सी ए एन बाट प्रथम मेरिट दर्जामा चार्टर्ड एकाउण्टेण्ट उतिर्ण गर्नुभएको हो।
कम्पनी सचिवको अलावा वहा प्रशासन बिभाग र आन्तरिक नियन्त्रण बिभागको पनि नेतृत्व गरिरहनु भएको छ।

फोन: 4246101
इमेल: suraj@shikharinsurance.com

सम्पर्क ठेगाना

शिखर बिज़ सेण्टर
पाँचौं देखि सातौं तल्ला
थापाथली, काठमाण्डौ नेपाल
पो. ब. नं: १०६९२
फोन नं: +९७७-०१-४२४६१०१, ४२४६१०२
फ्याक्स नं: ९७७-०१-४२४६१०३
ईमेल: shikharins@mos.com.np