"शिखर इन्स्योरेन्स कम्पनी निर्जीवन बीमा क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल संस्था हो, जसलाई हवाई, बैंकिङ्ग, उत्पादन, उद्योग, पर्यटन उद्योग, मिडिया हाउस जस्ता क्षेत्रमा संलग्न युवा व्यवसायिक समूहहरूद्वारा प्रवर्द्धन गरिएको छ।"

"अभियान" दैनिकमा प्रकाशित रजिष्ट्रार नियुक्ति गरिएको बारे सूचना

2014-07-18 06:13:43

यस शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिको निर्णय अनुसार धितोपत्र कारोवार सम्बन्धी रेकर्ड राख्ने, दाखिल खारेज वा नामसारी गर्ने र शेयरवालाहरूको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि मिति २०७१/०४/०१ गते देखि यस इन्स्योरेन्स कम्पनीको शेयर रजिष्ट्रारको रूपमा लाजिम्पाट काठमाण्डौं स्थित एनआइबिएल क्यापिटल मार्केट्स् लिमिटेडलाई नियुक्त गरेको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। remaining right share

MORE NEWS