सम्पर्क ठेगाना

शिखर बिज़ सेण्टर
पाँचौं देखि सातौं तल्ला
थापाथली, काठमाण्डौ नेपाल
पो. ब. नं: १०६९२
फोन नं: +९७७-०१-४२४६१०१, ४२४६१०२
फ्याक्स नं: ९७७-०१-४२४६१०३
ईमेल: shikharins@mos.com.np

शिखर इन्स्योरेन्स कम्पनी निर्जीवन बीमा क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल संस्था हो, जसलाई हवाई, बैंकिङ्ग, उत्पादन, उद्योग, पर्यटन उद्योग, मिडिया हाउस जस्ता क्षेत्रमा संलग्न युवा व्यवसायिक समूहहरूद्वारा प्रवर्द्धन गरिएको छ।

मनोरञ्जन, छुट्टी मनाउने, व्यापार लगायत बिभिन्न उद्देश्यहरुको लागि बिदेश यात्रा गरिन्छ। बिदेश यात्रामा सबै कुरा राम्रै हुन्छ भन्न सकिन्न। दुर्घटना, बिरामीपन, व्यक्तिगत दायित्वबाट परिआउने खर्च वा आपतकालीन औषधोपचार खर्चको आर्थिक बोझ परिआएमा बिदेशी भुमिमा सो खर्च हाम्रो लागि निकै ठुलो हुन्छ किनकी यूरोप तथा अमेरिकमा जस्ता राष्ट्रहरुमा औषधोपचार खर्च ज्यादै महंगो हुने गर्छ। यस्तो अवस्थाको उपयुक्त उपाय यात्रा अगाडि नै बीमा गर्नु हो।

धेरै राजदूतावसहरु भिसा माग गर्दा बीमा भइसकेको प्रमाण आवश्यक ठान्दछन्। हामी व्यापक यात्रा बीमा उपलब्ध गराउछौ जसले निम्न कुराहरु समावेश गर्दछ ।

  • आपत्कालीन औषधोपचार खर्च
  • व्यक्तिगत दुर्घटना
  • राहदानी हराउने
  • बीमान कम्पनीद्वारा चेक गरी लगिसकिएको सामान हराउमा वा ढिलो प्राप्त भएमा
  • व्यक्तिगत दायित्वको कारणबाट परिआउने खर्च आदि

शिखर इन्स्योरेन्स कम्पनी लि.ले २०६१ साल, मङ्गसिर २ गते देखि यस बीमालेख जारी गर्न शुरू गरेको हो।

यस बीमा सेवाको थप जानकारीको लागि तलको फाराम भरी पठाउनुहोस्






 इमेल प्रतिक्रिया चाहानुहुन्छ ?

captcha