Download Form

PRIVATE VEHICLE INSURANCE PROPOSAL FORM (54.02 KB)
COMMERCIAL VEHICLE INSURANCE PROPOSAL FORM (54.49 KB)
MOTORCYCLE INSURANCE PROPOSAL FORM (52.55 KB)

सम्पर्क ठेगाना

शिखर बिज़ सेण्टर
पाँचौं देखि सातौं तल्ला
थापाथली, काठमाण्डौ नेपाल
पो. ब. नं: १०६९२
फोन नं: +९७७-०१-४२४६१०१, ४२४६१०२
फ्याक्स नं: ९७७-०१-४२४६१०३
ईमेल: shikharins@mos.com.np

शिखर इन्स्योरेन्स कम्पनी निर्जीवन बीमा क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल संस्था हो, जसलाई हवाई, बैंकिङ्ग, उत्पादन, उद्योग, पर्यटन उद्योग, मिडिया हाउस जस्ता क्षेत्रमा संलग्न युवा व्यवसायिक समूहहरूद्वारा प्रवर्द्धन गरिएको छ।

सवारी साधनको व्यापक बीमा अन्तर्गत सवारी साधनको क्षतिको साथै तेस्रो पक्ष दायित्वको जोखिम समेत बीमा गर्न सकिन्छ। यसमा चालक, परिचालक, संचालक, यात्रु आदिको व्यक्तिगत दुर्घटना बीमा समावेश गर्न सकिने व्यवस्था छ।

हामी मध्ये धेरैलाई सवारी साधन अझै पनि विलासिताको वस्तुको रुपमा रहने गरेको छ र सवारी साधनको क्षति, हानी–नोक्सानीको मतलब ठुलो रकमको खर्च हो जसको सोधभर्ना गर्न धेरै बर्ष लाग्छ। यदि कसैले ऋण सुविधा अन्तर्गत सवारी साधन खरिद गरेको अवस्थामा यस्तो क्षति झनै विकराल हुन्छ।

सवारी साधन दुर्घटनामा पर्ने र क्षति हुने बिभिन्न कारणहरु छन् र कतिपय अवस्थामा आफ्नो गल्ति नै नभइकन पनि दुघर्टना हुने गर्दछ। यो कटु सत्य हरेक ठाउँमा देखिने असंख्य सवारी साधनहरु र दिनानुदिन साघुरिदै गएका सडकको कारणबाट हामी आत्मसात गर्न विवश भइरहेका छौ।

शिखर इन्स्योरन्स कम्पनीको सवारी साधन बीमाले दुर्घटनाको कारणबाट हुने आर्थिक क्षतिमा राहत प्रदान गर्नुको साथै सवारी धनीलाई मानसिक निश्चिन्तता पनि प्रदान गर्दछ ।

शिखर इन्स्योरेन्स कम्पनी लि.ले २०६१ साल, मङ्गसिर २ गते देखि यस बीमालेख जारी गर्न शुरू गरेको हो।

यस बीमा सेवाको थप जानकारीको लागि तलको फाराम भरी पठाउनुहोस्






 इमेल प्रतिक्रिया चाहानुहुन्छ ?

captcha