०१-५३४६१०१ (Head Office), ०१-५३४६१०२
९:३०-४ :३० बजे (आइत-शुक्र) | ९:३०-३:०० बजे (शुक्र-शाखाहरु)
शिखर बिज सेन्टर, थापाथली, काठमाडौं, नेपाल
बीमा कुनै दुई पक्षबिचको एक सम्झौता हो जसमा पहिलो पक्ष(बीमित)ले आफ्नो वस्तु वा दायित्वको कुनै जोखिमहरूका विरूद्घ आर्थिक सुरक्षाको निम्ति पूर्वघोषित सानो रकम बुझाए वापत दोश्रो पक्ष(बीमक)ले पहिलो पक्षलाई आर्थिक सुरक्षा प्रदान गर्छ।
जीवन तथा निर्जीवन गरी बीमा दुई प्रकारका हुन्छन्। मान्छेको जीवन र त्यससंग सम्बन्ध राख्ने बीमालाई जीवन बीमा भनिन्छ। शिखर इन्स्योरेन्स कम्पनीले निर्जीवन बीमाको मात्र सेवा प्रदान गर्छ।
जीवन बीमा बाहेक चल/अचल सम्पत्ति (घर, गोदाम, उद्योग, सवारी-साधन) को बीमा निर्जीवन बीमा अन्तर्गत गरिन्छ। यद्यपि यसमा व्यक्तिगत दुर्धटना, औषधोपचार खर्च, तेस्रो पक्ष दायित्त्व, उत्पादन दायित्त्व, विदेश यात्रामा पर्ने जोखिमहरूको पनि बीमा हुन्छ।
कुनै पनि बीमा गराउनु अघि, केको बीमा गराउने हो, बीमा गराउन मिल्छ वा मिल्दैन, के के संकट वा जोखिमहरूका विरूद्घ बीमा गराउने हो, कति अवधिको लागि बीमा गराउने हो, बीमा गराउने सम्पत्तिको मूल्य आदि कुराहरूको निश्चय गर्नुपर्छ। तत्पश्चात प्रस्ताव फारम भरेर वा निवेदन लेखेर शिखर इन्स्योरेन्स कम्पनीमा बुझाउनु पर्छ। (प्रस्ताव फारम भर्ने देखि लिएर बीमालेख प्राप्त गर्दा सम्मका कार्यमा कम्पनीको व्यापार शाखाका कर्मचारीहरूको सहयोग लिन सकिन्छ)